तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिनका लागि सबैलाई हार्दिक अनुरोध

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको वासिङ्गटन डि.सीमा यही नोभेम्बर ३० र डिसेम्बर १ का दिन हुँदैछ । नेपाली भाषा, साहित्य, सँस्कृतिका लागि यो दुई दिने
सम्मेलन एउटा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

नेपाली भाषा, साहित्य र सँस्कृतिका विभिन्न विधामा विभिन्न कार्यक्रमहरु सम्मेलनका दौरान आयोजना हुनेछन् । यसका साथै विभिन्न बिषयमा विशिष्टता हासिल गरी नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठित र गौरवान्वित गर्ने विभिन्न विधाका १० जना नेपालीहरु र नेपाल र नेपालीहरुलाई विशेष सहयोग गर्ने तथा योगदान दिने ३ जना विदेशीलाई पनि यस अवसरमा सम्मान गरिने कार्यक्रम रहेको छ ।

यसरी यो सम्मेलनमा नेपाली साहित्यको लागि मात्र नभई कला, सँस्कृति, खेलकुद, गायन पत्रकारिता, पर्यटन व्यवसाय आदि विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने “अन्तर्राष्ट्रिय नेपाली हिरो” हरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ । साहित्यलाई समाजका विभिन्न पक्षसित सधैं सँगै आवद्ध गरिरहने उद्देश्यबाट पहिलो पटक यस्तो प्रकारको कार्यक्रमको आयोजना गरिन लागेको हो । साथै यस अबसरमा खेलकुद प्रदर्शनी, युवा कविता गोष्ठी, रक्तदान, नेपाली प्रतिभाशाली युवाबाट प्रस्तुति, विभिन्न विधाका महत्वपूर्ण साहित्यक पुरस्कारहरु वितरण, बृहत कविता गोष्ठी, विभिन्न साहित्यिक विधामा कार्यपत्र प्रस्तुति तथा बिबिध सांस्कृतिक कार्यक्रम हुनेछ । यो सम्मेलन “म नेपाली हुँ र नेपाललाई माया गर्छु“ भन्ने सबैका लागि हो ।

अर्कोतिर विदेशमा लामो समयसम्म बस्ने नेपालीहरुको नयाँ पुस्तामा नेपाली भाषा, साहित्य र सँस्कृति विकासमा चनौती र समस्याहरु देखा पर्न थालेका छन् । अतः डायस्पोरामा नेपाली भाषा, साहित्यको उत्थान गर्दै सँस्कृतिको जर्गेनाको लागि यो सम्मेलनमा भाग लिनुहुन म सम्पूर्ण साहित्यकार, लेखक, कवि, पत्रकार, खेलाडी, व्यवसायी सबैलाई अनुरोध गर्दछु । यो सम्मेलन वासिङ्गटन डि.सी मेट्रो एरियाको मेरियोट होटलमा हुनेछ । सम्मेलनमा भाग लिनकालागि www.convention.inls.org नामक वेबसाइटमा अनिबार्य रूपमा नाम दर्ता गर्नुपर्ने हुन्छ । साथै अन्य जानकारी आवश्यक परेमा सिधै इमेल पनि गर्न सक्नु हुनेछ ।

मेरो इमेलः sirunsi@yahoo.com
सीता पाण्डे
संयोजक
तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

नोभेम्बर ३० र डिसेम्बर १, वासिङ्गटन डि.सी अमेरिका

Convention Venue: Tysons Corner Marriott
8028 Leesburg Pike
Tysons Corner, VA 22182, USA